लोकतान्त्रिक गैसस महासंघ कैलालीको अध्यक्षमा धामी

धनगढी । लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ कैलालीको जिल्ला अध्यक्षमा देवबहादुर धामी सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको तेश्रो जिल्ला अधिवेशनले धामीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसमध्ये उपाध्यक्षमा विन्दा देवल सचिवमा डण्डीराज सुवेदी सह–सचिवमा चक्र नेपाली, कोषाध्यक्षमा वेद अवस्थी सदस्यहरुमा क्रमशः प्रेम ढुंगाना, बिनिता महर, कञ्चन माया योजन तामाङ, प्रितम चौधरीलाई चयन गरिएको छ । अधिवेशनको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरेका थिए ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ कैलालीको अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख वडले परिवर्तित राजनीतिक व्यवस्थामा गैससहरुको भूमिका बढेको बताए । लोकतन्त्र प्राप्तिको आन्दोलनमा हिजो संगसंगै थियौं नगरप्रमुख वडले भने, ‘संघीयता सहितको शासन व्यवस्थालाई सफल बनाउन पनि संगसंगै हिड्नुपर्छ ।

कम्यूनिष्टहरु सिद्धान्ततः सामाजिक संघसंस्था र प्रेसप्रति अनुदार देखिने बताउँदै नगरप्रमुख वडले भने, लोकतान्त्रिक व्यवस्थामा मात्रै समाजिक संघसंस्था हुर्किने वतावरण पाउने बताए । धनगढी उप–महानगरपालिकाले सामाजिक संघसंस्थाहरुको सुझावलाई सम्पत्तिको रुपमा लिने गरेको नगरप्रमुख वडले बताए । सामाजिक संघ संस्थाहरु संगको साझेदारी बिना उप–महानगरपालिकाबाट सबै काम सम्भव हुन नसक्ने पनि नगरप्रमुख वडले बताए ।

कमेन्ट गर्नुहोस्