मानवताका लागि अनेकौं प्रयासको सहयोगमा राहत वितरण

धनगढी । मानवताका लागि अनेकौं प्रयासको सहयोगमा धनगढी उप–महानगरपालिकाभित्रका एक सय हावाहुरी पीडितलाई राहत वितरण गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र मानवताका लागि अनेकौं प्रयास धनगढीका अध्यक्ष भक्तराज जोशीले मंगलबार संयुक्त रुपमा जेठ २३ गतेका हावाहुरी पिडितलाई राहत वितरण गरेका हुन् ।

याे पनि पढ्नुस  धनगढीमा ग्रयान्ड अष्ट्रेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पिडामा सहयोग गर्ने संघसंस्थाहरुप्रति उप–महानगरपालिका आभारी रहेको बताए । हावाहुरीका बास्तविक पीडितहरु राहतबाट वञ्चित हुदैनन् नगरप्रमुख वडले भने, त्यसका लागि म आफै पनि हात थापेर पीडितलाई राहत दिन तयार छु ।

वडा नं १२ बाट त्यहाँ रहेका सबै घरधुरीभन्दा बढी आवेदन राहतका लागि परेका थिए नगरप्रमुख वडले भने, सबैले राहत पाउने अवस्था अवस्था भएन । वास्तविक पिडित छुट्टाउन छानविन समिति गठन भएर काम भइरहेको पनि नगरप्रमुख वडले बताए । मानवताका लागि अनेकौं प्रयास धनगढीका अध्यक्ष भक्तराज जोशीले पिडामा मलम लगाउन पाउदा खुसी लागेको बताए । राहत भन्ने कुराले सबै समस्या समाधान नहुन सक्छ, तर पनि पीडामा मलम लगाउने प्रयास हो जोशीले भने, यो वातावरण बनाउने उप–महानगरपालिका प्रति आभारी छौं ।

याे पनि पढ्नुस  मिटर ब्याजीको जालो बन्दै धनगढी

कमेन्ट गर्नुहोस्