प्रहरीले जनै र टुप्पी काटिदिएको आरोप, जिप्रका र मानव अधिकार आयोगमा उजुरी

धनगढी । कैलालीकाे चुरे गाउँपालिकामा रक्सी खाएर हाेहल्ला गरेकाे भन्दै पक्राउ परेका एक व्यक्त्तिले प्रहरीले आफ्नाे जनै र टुप्पी काटिदिएकाे आराेप लगाएका छन्।

साेमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भानसिंह धामीले प्रहरीले आफ्नाे जनै र टुप्पी काटेर धार्मिक स्वतन्त्रता हनन् गरेकाे बताए।

कैलालीकाे चुरे गाउँपकालिका–६ फल्टुडे बस्ने धामीलाई रक्सी खाएर होहल्ला गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० पक्राउ गरेको थियो। पक्राउपछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव बिकले आफ्नो टुप्पी र जनै काट्न लगाएको धामीले बताए।

याे पनि पढ्नुस  कैलालीमा ४ थान पेस्तोल र सुनसहित तीन जना पक्राउ

‘प्रहरीले टुप्पी र जनै काट्न लगाएर मेरो धार्मिक स्वतन्त्रामाथिको अधिकारलाई हनन् पुर्‍याउने काम गरेको छ’, उनले भने, ‘ममाथि प्रहरीबाटै अन्याय भयो, न्याय दिलाई दिन अनुरोध गर्दछु।’

उनले अगाडि भने, ‘मैले जीवनमा कहिल्यै मदिरा सेवन गरेको छैन, तर प्रहरीले मदिरा खाएको आरोप लगाएर मलाई झुठाे केसमा समातेको हो।’

याे पनि पढ्नुस  नेकपा सुदूरपश्चिमको टोली गोदावरीमा

धामीले साेमबार नै जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयाेगकाे क्षेत्रीय कार्यालय धनगढीमा प्रहरीले आफ्नाे धार्मीक स्वतन्त्रता हनन् गरेकाे भन्दै उजुरी समेत दर्ता गराएका छन्।

सो विषयमा इलाका प्रहरी कार्यालय फल्टुडेमा बुझ्न खोज्दा प्रहरी निरीक्षक बिक विदामा घर गएका र अन्य पदाधिकारीलाई कुनै जानकारी नभएको भन्ने जवाफ आयाे।

याे पनि पढ्नुस  कैलालीमा नेकपाका नेताको गाडी जलाइयो

कमेन्ट गर्नुहोस्