Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं क्रिकेट संघको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौंः  काठमाडौं क्रिकेट संघको अध्यक्षमा अमित वीर पाण्डे सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । काठमाडौं क्रिकेट संघको निर्वाचन सर्वसम्मतिले चयन भएसँगै ३८ जिल्लाको क्रिकेट संघहरुको निर्वाचन कार्य सम्पन्न भएको हो ।

काठमाडौं जिल्ला क्रिकेट अध्यक्षमा पाण्डेसँगै उपाध्यक्षमा बिजय कुमार शर्मा सचिवमा वसन्त राज सत्याल, कोषाध्यक्षमा युग बस्नेत त्यस्तै सदस्यहरुमा हिमाल राज गिरी,मनिष ढुङ्गेल, अजय वीर पाण्डे, रमन श्रेष्ठ, शामसम जङ्ग थापा, प्रफुल्ल वैद्य, रितेस डंगोल, धिरेन्द्र श्रेष्ठ र विजित ध्वज चन्द कार्य समितिमा सर्वसम्मतिले निर्वाचित भएका छन् । ६ वटा प्रदेशको निर्वाचन कार्य सकिँदा अब ३ नम्बर प्रदेशको हुन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: