काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता लालबहादुर वलीलाई ‘विश्व’लाई छाड्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको छ।
रोल्पाका स्थानीय नेता वलीका तर्फबाट दायर भएको रिटको सुनुवाइ आइतबार सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नहुने भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो।
न्यायधीशीस मीरा खड्का र मनोजकुमार शर्माको संयुक्त इजलासले वली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।
थुनामा राख्ने आधार र कारण स्पष्ट नभएको र गैर कानुनी तरिकाले थुनामा राखेको भन्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको छ।
राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको मागसहित उनका छोरा विनोद वलीले रिट दायर गरेका थिए।