युएन सुरक्षा परिषदको आपतकालिन बैठक बोलाउन पाकिस्तानको माग

इस्लामाबाद । जम्मु र कश्मिरमा तनाव बढदै गएपछिि पाकिस्तानले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाउन माग गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैसीले कश्मिर मुद्दामा संयुक्त राष्ट्र संघको विशेष आपतकालिन बैठक बोलाउन मा गरेका हुन । 

पाकिस्तानले संयुक्त राष्ट्र संघमा पाकिस्तानका स्थायी प्रतिनिधि महिला लोधीका माध्यमबाट बैठक बोलाउन औपचारिक पत्र पठाउने विदेश मन्त्री  कुरैशीले बताएका छन् ।

याे पनि पढ्नुस  मध्यराती जम्मु- कश्मीरका पूर्व मुख्यमन्त्रीसहित आधा दर्जन नेता नजरबन्दमा, धारा १४४ लागू, राज्यभरी टेलिफाेन र ईन्टरनेट सेवा बन्द

अमेरिकाले समेत जम्मु कश्मिरमा शान्ति र स्थायित्व कायम गर्नुपर्ने भन्दै पाकिस्तानको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश पठाएको छ ।

भारतले जम्मु र कश्मिरलाई विशेष प्रदेशको दर्जा दिने संविधानको अनुच्छेद ३७० खारेज गर्ने निर्णय गरेपछि पाकिस्तानले आपत्ती जनाएको छ । भारतीय कदमको अमेरिका, रुस र चीनले समेत बिरोध गरेका छन् । चीनले यो कदमलाई चीनको सार्वभौमसत्तामाथिको प्रहार समेत बताएको छ । 

याे पनि पढ्नुस  जम्मु कश्मिरमा रहेका नेपाली त्रासमा

अमेरिकाले पाकिस्तानको स्वतन्त्रता दिवसमा सन्देश दिँदै पाकिस्तान र भारतले शान्तिपूर्णरुपमा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएको छ । अमेरिकाले यो विषयमा तेश्रो पक्षको आवश्यकता परे आफू मध्यस्थता गर्ने कुरा समेत दोहोर्याएको छ । यसअघि राष्ट्रपति ट्रम्पले समेत दुई देशबीच वार्तामा आफू बस्न खोजेको बताएका थिए ।

याे पनि पढ्नुस  भाजपा र माेदी हिटलरकाे बाटाेमा– ईमरान खान, पाक प्रम

पाकिस्तानको अपीलमा चीन अमेरिकालगायतले समर्थन गर्ने देखिएपछि भारत भने अप्ठ्यारोमा पर्नसक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्