एनआरएनए लक्जेम्वर्गमा खत्री

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लक्जेम्वर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत भएका छन् ।

हालै सम्पन्न एनसीसीको पाँचौं अधिवेशनले कार्यसमिति अध्यक्षमा खत्रीलाई सर्वसम्मत चयन गरेको हो ।

यसैगरी, उपाध्यक्षमा विमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिवमा यम बहादुर खत्री, सचिवमा विश्वजीत बहादुर थापा, कोषाध्यक्षमा युद्धबहादुर थापा, सह–कोषाध्यक्षमा नारायणप्रसाद दवाडी, महिला संयोजकमा दुर्गा केसी थापा, युवा संयोजकमा नवजीत न्युरे र सदस्यहरुमा विष्णु खत्री, चाँगुनारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोले गुरुङ, प्रेम गोले, सरस्वती थापा र यमबहादुर थापालाई चयन गरिएको छ ।

यसैगरी परिषद्को प्रवक्तामा बालहरि राई र आईसीसी सदस्यमा बालकृष्ण सापकोटा चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: