भाडावालबाटै घरबेटी महिला बलात्कृत

काभ्रे । जिल्लाको पाँचखाल पाँचखाल नगरपालिका–४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बलात्कार गरेका छन् ।

३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।

याे पनि पढ्नुस  काभ्रेमा ७ हेलिकोप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल

अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक २६ असारमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती गर्यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ’ ३३ वर्षीया पीडित महिलाले भनिन् ।

याे पनि पढ्नुस  बजारबाटै अपरहण गरी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

लामा सो घरमा २०७२ सालदेखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए ।

प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  किशोरी बलात्कार आरोपमा इन्जिनियर पक्राउ

कमेन्ट गर्नुहोस्