बहुविवाहको आरोपमा एक जोडी पक्राउ

चितवन । बहुविवाहको आरोपमा चितवनमा एक जोडी पक्राउ परेको छ । रत्ननगर नगरपालिका–९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका–१ का रश्मी सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गुरुङ हाल लायन्सचोकमै बस्दै आएका थिए । उनीहरु दुवै जनालाई राजेशकी जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेको उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्