प्रहरीको भ्यानले ठक्कर दिँदा कोटेश्वरमा एकको मृत्यु

काठमाडौं । काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार राति बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक यात्रुलाई ठक्कर दिएको थियो । ठक्करपछि घाइतेलाई उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । घाइतेको बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

याे पनि पढ्नुस  अपडेट: स्याङ्जा दुर्घटनामा मृृृृतककाे संख्या ३ पुग्याे, तीज मनाएर फर्किंदै थिए महिलाहरु

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइते मान्छेले बोराको कपडा बनाएर लगाएको पाइएको भन्दै उनी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुनसक्ने बोगटीले बताए । घटनाको अनुसन्धानका लागि चालक र सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ । रातोपाटीबाट

याे पनि पढ्नुस  स्याङ्जा गल्याङमा जीप दुर्घटना, १ बालकको मृत्यु, २२ घाइते

कमेन्ट गर्नुहोस्