यो हो दुनियाँकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ

अहिलेको समयमा आलु चिप्स लगभग सबैको मनपर्ने खानेकुरा हुनसक्छ । फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चीज नै आलु चिप्स हो । आमरुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास रुपैयाँ पर्ला । तर, दुनियाँकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य थाहा पाउनुभयो भने तपाईं हैरान हुनुहुनेछ ।

दुनियाँको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ । उक्त एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स अर्थात् टुक्रा हुन्छन् । अर्थात् एउटै टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ । यो महंगो आलु चिप्सलाई स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको हो । सामान्य जस्तो देखिने यो चिप्समा आखिर के छ र यसको मूल्य त्यतिधेरै छ ?

वास्तवमा यो चिप्सको प्याकिङ यसरी गरिएको छ कि त्यो कुनै आलु चिप्सको प्याकेट जस्तो नभई महंगो गहनाको प्याकेट जस्तो छ । यो चिप्समा बजारमा सर्वसुलभ रुपमा उपलब्ध नभई ग्राहकको अर्डर पछि मात्र उत्पादन गरिन्छ । साथै चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र पनि हुन्छ, ता कि सक्कली वा नक्कली पहिचान गर्न सकियोस् । विशेष खालको यो आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार यसमा जुन सामग्रीको प्रयोग गरिएको छ, जुन निकै दुर्लभ छ । चिप्समा प्रयोग गरिएको प्याज पनि दुर्लभ जातको हो । जुन केवल लेकस्याण्ड सहरमा मात्र उत्पादन हुने गरेको छ । एजेन्सीबाट

कमेन्ट गर्नुहोस्