पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

काठमाडौँ । कश्मीर विवाद चर्किएपछि चुलिएको भारत र पाकिस्तानबिचको तनावका कारण दुई देशबीच वर्षौंदेखि चल्दै आएका परम्पराहरू बाधित भएका छन् ।

बुधबार पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ र हरेक वर्ष स्वतन्त्रता दिवसको उपलक्षमा दुवै देशले पन्जाबस्थित भारतको सीमा अट्टारी-बाघा बोर्डरमा मिठाइ आदान प्रदान गर्ने गर्दछन् । तर यस पटकको स्वतन्त्रता दिवसमा भने पाकिस्तानको तर्फबाट आउने मिठाइको उपहार नआएको भारतीय मिडियाहरूले लेखेका छन् ।

याे पनि पढ्नुस  भारतमा पनि अब रेमिट्यान्स कम्पनीबाट पैसा झिक्न पाउने

दुवै देशले दीपावली, ईद जस्ता सबै जसो धार्मिक तथा स्वतन्त्रता दिवस आदि राष्ट्रिय चाडहरूमा यस सीमामा मिठाई आदानप्रदान गर्ने गर्छन् । भारतीय मिडियाहरूले यसपालीको बकरइदमा पनि पाकिस्तानको तर्फबाट मिठाइ नआएको बताएका छन् ।

हालसम्म सीमामा प्रत्यक्ष तनाव हुँदा या युद्धको अवस्थामा मात्र यसरी हुने मिठाइ आदान प्रदान बन्द हुने गरेको थियो । भारतले गतवर्ष पाकिस्तानले नियन्त्रण रेखामा युद्धविराम भङ्ग गरेको भन्दै मिठाइ रोकेको थियो ।

याे पनि पढ्नुस  तनावकैबीच पाकिस्तानद्वारा ब्यालेष्टिक मिसाइल परीक्षण

भारतले बिहिबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ तर उसले यस मामिलामा के गर्ला त्यो भने हेर्न बाँकी छ ।

पाकिस्तानले भारतद्वारा कश्मीरमा चालिएको कदमको विरोधमा भारतसंगका सबै दुइपक्षीय कार्यक्रम रद्द गरिदिएको छ । दुई देशबीच चल्ने रेल सेवा र बस सेवा समेत हाल बन्द रहेका छन् ।

याे पनि पढ्नुस  भारतमा नयाँ ट्राफिक नियमले मच्चायो हंगामा, गाडीको मूल्यभन्दा बढी जरिवाना रकम

कमेन्ट गर्नुहोस्