पार्टी एकताका सन्दर्भमा केही कुरा

इतिहासले दिएको अवसरलाई पार्टीले सम्पूर्ण शक्तिका साथ एकताबद्ध भएर पूरा गर्न पार्टीका नेता कार्यकर्ताले के कुरामा ध्यान दिने ?
रमेश मल्ल

पुष्पलालले आफ्ना चारजना सहयोद्धाका साथ सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको झण्डा उठाए । इतिहासमा कयौ उतारचढाव व्यहोर्दै, कहिले सशस्त्र संघर्ष त कहिले शान्तिपूर्ण जनआन्दोलन हुँदै नेपाली समाज रुपान्तरणको त्यो झण्डा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सगौरव उचालेको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलनका दुई फरक धार र दुई भिन्न प्रवृत्तिको नेतृत्व गर्दै आएका साविकको नेकपा माओवादी केन्द्र र साविकको नेकपा एमाले नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनको क्रममा पार्टी एकतालाई लक्ष बनाएर चुनावी गठबन्धनको घोषणा गरे ।

यदि निर्णयहरु लत्याइएमा त्यो निर्णय लत्याइएको मात्र हुँदैन त्यो त विश्वासलाई लत्याइएको हुन्छ र त्यसले पार्टी एकतालाई क्षतविक्षत पारिदिन्छ ।

निर्वाचनको ऐतिहासिक सफलता र त्यसको उत्साहलाई पार्टी निर्माणको प्रक्रियामा पुँजीकृत गर्दै गतवर्षको जेठ ३ गते मदन आश्रित स्मृति दिवसको दिन पार्टी एकताको घोषणा गरियो । यो घोषणा नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तरतामाथिको क्रमभंग, ऐतिहासिक छलाङ र एक ऐतिहासिक उत्सव थियो र रहिरहने छ ।

विगतमा नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेका वाम, दक्षिण लगायतका अतिवादी प्रवृति र रुझान तथा तिनले पार्टी र आन्दोलनमा पैदा गरेका टुटफुट र विभाजनका नकारात्मक विरासतलाई चिर्दै, नेपाली समाजको आजको ठोस परिस्थितिको ठोस विश्लेषणका साथ समाजवाद उन्मुख जनताको जनवादको तत्कालीन कार्यदिशासहित अघि बढ्ने सामुहिक प्रतिवद्धताका साथ पार्टी एकता घोषणा भयो ।

माओवादका ११ बुँदा, २१औं शताब्दीको जनवादमा प्रयोग भएका ७ प्रवर्ग वा जनताको बहुदलीय जनवादका १४ विशेषता वा प्रवर्ग खोई भन्नु या ती सबै समाप्त पारियो भन्नु भनेको त कि त्यसले मार्क्सवाद नै बुझेन कि त त्यसले नियोजितरुपमा नै एकताविरोधी विषवमन  गर्दैछ भन्ने बुझ्नुपर्दछ ।

वाम गठबन्धनदेखि पार्टी एकतासम्मको यो यात्रा दुनियाँका प्रतिगामी तथा प्रतिक्रियावादी तत्व वा शक्तिलाई मनपर्ने कुरै नै भएन । उनीहरु यो एकतालाई पाइला पाइलामा ध्वंस गर्न चाहन्थे र चाहिरहेकै छन् । तर, पार्टीभित्रैका केही प्रवृति र पात्रहरु यो एकता नहोस्, भइहालेपनि सुदृढ नबनोस र यसलाई कतै न कतै दुर्घटनामा पुऱ्याउन  सकियोस् भन्ने सोच्छन भन्दा पनि दुःख लाग्छ ।

पार्टी एकता घोषणादेखि एकताको प्रक्रिया जारी नै रहेको आजको अवस्थासम्म आउँदा केही पात्र र प्रवृति सतहमा आउनुले एकता भाँडियोस् भन्ने प्रतिक्रियावादी सपना र योजनालाई नै मलजल गरिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमजिवीवर्गको मुक्तिको साधनको रुपमा अझ बढी सुदृढ गर्ने र आजको राष्ट्रिय जिम्मेवारीअनुसार सिंगो देशको कुशलतापुर्वक नेतृत्व गर्ने ऐतिहासिक अवसर छ ।

उक्त अवसरलाई पार्टीले सम्पूर्ण शक्तिका साथ एकताबद्ध भएर मात्र पूरा गर्न सम्भव छ । त्यसको लागि आजका दिनमा पार्टीका नेता कार्यकर्ताले निम्न कुरामा ध्यान दिन जरुरी छ ।

१. पार्टीको गौरवशाली इतिहासप्रति गर्व गर्न सकौं ।

२००६ सालमा पार्टी स्थापना भएलगतै सामन्ती दरबारिया तथा प्रतिक्रियावादी तत्वको षडयन्त्रको शिकार भयो । समकालीन पार्टी नेतृत्व नै दरबार पसे । पार्टी विभिन्न समुहमा विभाजित बन्न पुग्यो । पञ्चायती निरंकुशताकै बीचमा पार्टी र आन्दोलनलाई पुर्नगठनको प्रयास गरेको देखिन्छ । मुलतः पुष्पलाल आफैंले २०२५ सालतिर सुरु गरेका प्रयत्न, झापा आन्दोलनको रुपमा भएको सशस्त्र संर्घष र केन्द्रीय न्युक्लियसका नेताहरुले गरेको प्रयत्न उल्लेख्य देखिन्छन् ।

संसदीय परम्पराबाट आएको एउटा पंक्ति र केही समययता आएर त्यही परम्पराको लागि अभ्यस्त हुन खोजेको तर अझै भई नसकेको अर्को पंक्तिसँगको पार्टी एकतालाई एकीकृत स्वरुप दिन केही समय लाग्न सक्छ । तर, एउटा कम्युनिष्ट पार्टीले आफ्ना सदस्यहरुलाई कसरी प्रशिक्षित गर्ने हो ? सधैंभरि बुर्जुवा संसदीय व्यवस्थाका पहरेदार बनाएर राख्ने हो या समाज र राजनीतिलाई निरन्तर अग्रगामी रुपान्तरण गर्ने अभियान्ता बनाउने हो ? आदि इत्यादि प्रश्नको उत्तर खोज्ने विषयसँग अबको पार्टी आचरण र संस्कृतिको विषयले स्थान पाउला र पाउनुपर्छ ।

पार्टी पुर्नगठनको प्रयासले ठोस आकार भने एकातिर कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीकरणको बाटोमा लिएर जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीको न्युनतम राजनैतिक कार्यक्रमको रुपमा अघि सार्नु भयो र पछि साविकको एमालेले त्यसलाई सिद्धान्तको रुपमा व्याख्या गऱ्यो । अर्कोतिर कमरेड प्रचण्डको नेतृत्वको साविकको नेकपा माओवादीले मालेमावादलाई पथप्रर्दशक मान्दै नेपाली समाजको आमूल परिवर्तनको लागि जनयुद्धको झण्डा उठायो । र, जनयुद्धकै दौरान सामन्तवाद तथा साम्राज्यवादविरोधी शक्तिबीचको दलीय प्रतिस्पर्धा र राजनीतिक सत्तामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेपको मार्गचित्र सहितको २१औं शताब्दीमा जनवादको विकास सम्बन्धि प्रस्तावलाई अघि साऱ्यो ।

आफ्नो स्वार्थ अनुकुल होउन्जेल पार्टी निर्णय हुुने, प्रतिकूल हुने भए ‘ए ! भएको थियो र ? कहिले भएछ ?’ भन्दै पन्छिने आदि जस्तो अवस्था सिर्जना भएमा यसले एकतामा गम्भीर असर पर्नसक्छ । किनकी हामी एकताको विशिष्ट अवस्थामा छौं ।

इतिहासले यो कुरा पुष्टि गरिसकेको छ कि नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण, सडक र सदनमा गरिएका जनसंघर्ष त्यसका उपलब्धिलाई फर्केर हेर्दा कमरेड मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको एउटा वैचारिक धार निर्माणमा महत्वपूर्ण योगदान गरेका छन् भने कमरेड प्रचण्डको नेतृत्वमा भएको गौरवशाली जनयुद्ध, जनयुद्धका दौरानमा गरिएका वैचारिक संश्लेषण तथा राजनीतिक परिवर्तनमा जनयुद्धको निर्णायक भूमिका रहेको छ । यी विषयलाई नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा संश्लेषण गरिसकेको छ । इतिहासमा जनयुद्ध र जनआन्दोलनले खेलेको गौरवशाली भूमिका र त्यसक्रममा भएको अद्धितिय त्याग, तपस्या र बलिदानप्रति हामी सबैले गर्व गर्न सक्नु पर्छ । यी उपलब्धिहरु अब कुनै समूह विशेषका नभई पार्टीकै साझा सम्पत्ति हुन् भन्ने कुरा पार्टी दस्तावेजले भनिसकेको छ ।

२. पार्टीको राजनैतिक कार्यदिशालाई दृढतापुर्वक पकडौं ।

मार्क्सवादले हामीलाई सिकाएको छ कि प्रकृति र मानवसमाजका हरेक वस्तु गतिशील छन् । यदि हामीले पदार्थको गतिलाई ठिक ढंगले बुझ्न सकेनौं भने चीज कहाँ कता पुगिसकेको हुन्छ, हामी चाहिँ कुवाको भ्यागुतो जस्तै बन्दा रहेछौं । यहाँ विषय विचारधारात्मक राजनीतिक कार्यदिशाको हो । यसका बारेमा माओले भन्नुभएको छ, “विचारधारात्मक तथा राजनीतिक कार्यदिशाले नै सबथोक निर्धारण गर्दछ, यदि यो सही छ भने नभएका कुरा पनि प्राप्त हुन्छन, यदी यो गलत छ भने भएका कुरा पनि गुम्दछन् ।”

राजनीतिक कार्यदिशा वा क्रान्तिको बाटोको बारेमा लेनिन भन्दछन, “कुनै पनि सिद्धान्तलाई जडसुत्रको रुपमा लिनुहुँदैन ।” उनले सिद्धान्तलाई कामको सजिव मार्गदर्शक बनाउनुपर्ने बताएका थिए । ठोस परिस्थितिको ठोस विश्लेषणबाट मात्रै सही निष्कर्षमा पुग्न सकिने उनको भनाई थियो । नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा मार्क्सवाद-लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवादलाई तत्कालीन राजनैतिक कार्यदिशा मानेको छ ।

माओवाद र २१औं शताब्दीको जनवाद तथा जनताको बहुदलीय जनवादलाई एकताको राष्ट्रिय महाधिवेशनको सम्पत्तिको रुपमा सुरक्षित गरेको छ । जुन विषय महाधिवेशनको कार्यसूचीभित्र पार्टीको आन्तरिक छलफलको विषय हुनेछ । यसमा कतै दुईमत हुनैसक्दैन । तर, पार्टीको यो निर्णयलाई जान्दाजान्दै कोही पनि व्यक्ति वा प्रवृतिले आजकै दिन जनताको बहुदलीय जनवाद चाहियो भन्दै वा वकालत गर्दै हिड्छ या माओवाद र २१औं शताब्दीको जनवाद चाहियो भन्छ भने त्यो पार्टी एकता विरोधी कुरा हो ।

इतिहासमा जनयुद्ध र जनआन्दोलनले खेलेको गौरवशाली भूमिका र त्यसक्रममा भएको अद्धितिय त्याग, तपस्या र वलिदानप्रति हामी सबैले गर्व गर्न सक्नु पर्छ । यी उपलब्धिहरु अब कुनै समूह विशेषका नभई पार्टीकै साझा सम्पत्ति हुन् भन्ने कुरा पार्टी दस्तावेजले भनिसकेको छ ।

त्यतिमात्र होइन माओवादका ११ बुँदा, २१औं शताब्दीको जनवादमा प्रयोग भएका ७ प्रवर्ग वा जनताको बहुदलीय जनवादका १४ विशेषता वा प्रवर्ग खोई भन्नु या ती सबै समाप्त पारियो भन्नु भनेको त कि त्यसले मार्क्सवाद नै बुझेन कि त त्यसले नियोजितरुपमा नै एकताविरोधी विषवमन  गर्दैछ भन्ने बुझ्नुपर्दछ । किनकी अबको समाजवादी गन्तव्यको लागि आवश्यक वैचारिक राजनीतिक मार्गनिर्देशन र थप विकसित विचारसहितको समाजवाद उन्मुख जनताको जनवादको धेरथोर व्याख्या त हरेक सचेत कार्यकर्ताले गर्न सक्दछन होइन र ?

३. पार्टीका संगठनात्मक निर्णयलाई कडाईपुर्वक पालना गरौं ।

पार्टी एकता दुई भीमकाय र विशाल पार्टीको एकता हो । हामी त करिब १० लाख पार्टी सदस्यहरुको पार्टी भन्छौं हाम्रो नेपाल कम्युनिष्ट पार्टीलाई । कम्युनिष्ट पार्टीमा हरेक पार्टी सदस्यले पार्टी चेन अफ कमाण्डमा रहेर कुनै न कुनै जिम्मेवारी पाउनुपर्छ र दिनुपर्छ भन्ने कुरा पद विभाजनभन्दा उपयुक्त पदावली सामान्य कार्यविभाजनको सिद्धान्त नै हो । पार्टी एकताको केही काम अझै बाँकी रहेको र नेतृत्व तहदेखि नै कार्यविभाजन बाँकी रहेकोले कतिपय कुरा ठीकठीक समयमा र कार्यविभाजन पनि संगतिपूर्ण हुन सकेका छैनन् । अहिले पार्टी संचालन गर्ने विधि भनेकै पार्टीको अन्तरिम विधान, नियमावली, पार्टी एकता बेला नेतृत्व तहमा गरिएका लिखित, अलिखित सहमति र समझदारी तथा पार्टी केन्द्रीय समिति (मूलतः सचिवालय) र तत्तत् समितिले गरेका निर्णयहरु नै पार्टीका संगठनात्मक सिद्धान्त, संरचना, कार्यप्रणाली, जिम्मेवारी र उत्तरदायित्व हुन् ।

पार्टीमा निर्णय एउटा गर्ने र कार्यान्वयन अर्को गर्ने, सहमति एउटा गर्ने र लागू गर्दा तर्किने, पार्टी निर्णय अमुक नेता वा अमुक कार्यकर्ताका लागि लागु गर्नुपर्ने, तर अमुक नेता तथा अमुक कार्यकर्तालाई लागु गर्नु नपर्ने, आफ्नो स्वार्थ अनुकुल होउन्जेल पार्टी निर्णय हुुने, प्रतिकूल हुने भए ‘ए ! भएको थियो र ? कहिले भएछ ?’ भन्दै पन्छिने आदि जस्तो अवस्था सिर्जना भएमा यसले एकतामा गम्भीर असर पर्नसक्छ । किनकी हामी एकताको विशिष्ट अवस्थामा छौं । पार्टीमा भएका समझदारी र निर्णयको कार्यान्वयन भनेका विश्वास आर्जनको आधार पनि हो

नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा मार्क्सवाद-लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवादलाई तत्कालीन राजनैतिक कार्यदिशा मानेको छ ।

यदि निर्णयहरु लत्याइएमा त्यो निर्णय लत्याइएको मात्र हुँदैन त्यो त विश्वासलाई लत्याइएको हुन्छ र त्यसले पार्टी एकतालाई क्षतविक्षत पारिदिन्छ । पार्टीमा कोही माग्ने र कोही दिनेको सम्वन्ध निमार्ण गर्न खोजेमा त्यो सम्भव छैन किनकी हामी सामन्तवादको मलामी गएर भर्खरै आएका हौं । तसर्थ आज हाम्रो पार्टीमा सबभन्दा पहिले सहमतिको कार्यान्वयन दुई अध्यक्षको कार्यविभाजनबाटै सुरु गर्नुपर्छ । आलोपालो अध्यक्षता भन्ने कहाँ गयो ? आलोपालो सरकार प्रमुख हुने कुरामा किन जिब्रो चपाउन थालेको ? आदि प्रश्नहरु उठेका छन् । नेतृत्वले जिम्मेवार भएर सहमति कार्यान्वयन गरी पार्टीमा विश्वास आर्जन गर्नुपर्दछ र एकताप्रति इमान्दार बन्नु पर्दछ ।

४. पार्टीमा वर्गीय आचरण र संस्कृति निर्माणको प्रश्न

हुन त यो धेरै वृहत विषय हो । यद्यपि संसदीय परम्पराबाट आएको एउटा पंक्ति र केही समययता आएर त्यही परम्पराको लागि अभ्यस्त हुन खोजेको तर अझै भई नसकेको अर्को पंक्तिसँगको पार्टी एकतालाई एकीकृत स्वरुप दिन केही समय लाग्न सक्छ । तर, एउटा कम्युनिष्ट पार्टीले आफ्ना सदस्यहरुलाई कसरी प्रशिक्षित गर्ने हो ? सधैंभरि बुर्जुवा संसदीय व्यवस्थाका पहरेदार बनाएर राख्ने हो या समाज र राजनीतिलाई निरन्तर अग्रगामी रुपान्तरण गर्ने अभियान्ता बनाउने हो ? आदि इत्यादि प्रश्नको उत्तर खोज्ने विषयसँग अबको पार्टी आचरण र संस्कृतिको विषयले स्थान पाउला र पाउनुपर्छ ।

वाम गठबन्धनदेखि पार्टी एकतासम्मको यो यात्रा दुनियाँका प्रतिगामी तथा प्रतिक्रियावादी तत्व वा शक्तिलाई मनपर्ने कुरै नै भएन । उनीहरु यो एकतालाई पाइला पाइलामा ध्वंस गर्न चाहन्थे र चाहिरहेकै छन् ।

कम्युनिष्ट पार्टीलाई यथास्थितिको रक्षाकवच बनाउने प्रयासमात्र गरियो र समाजको अग्रगामी रुपान्तरणको साधन बनाउने कुरालाई तपसिलको विषय बनाउन खोजियो भनेपनि एकतालाई उद्देश्य केन्द्रित बनाउन सकिँदैन । आगामी दिनमा पार्टीले यसलाई पनि आफ्नो प्राथमिक एजेण्डा बनाओस् । धन्यवाद !

कमेन्ट गर्नुहोस्