रोहित शर्माले आज बनाउन सक्छन् यस्तो रेकर्ड

काठमाडौँ । वेस्टइन्डिज र भारतबीचको अन्तिम एकदिवसीय खेलमा भारतका ओपनर रोहित शर्माले एउटा नयाँ किर्तिमान बनाउन सक्ने सम्भावना रहेको छ ।

विश्वकप २०१९ मा सर्वाधिक रन बनाएका शर्माले वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा पूर्व भारतीय खेलाडी युवराज सिंहको किर्तिमान भङ्ग गर्न सक्नेछन् ।

के हो उक्त रेकर्ड?

याे पनि पढ्नुस  विश्वकपः इंग्ल्याण्डविरुद्ध रोहितको शानदार शतक

हाल रोहित एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय खेलाडीहरूमा सातौं स्थानमा छन् । यस सूचीमा उनीभन्दा अगाडि सचिन तेंदुलकर, विराट कोहली, सौरव गांगुली, राहुल द्रविड, एमएस धोनी, मोहम्मद अजहरुद्दीन र युवराज सिंह रहेका छन् ।

हाल युवराजसिंह भन्दा मात्र २६ रनले पछाडि रहेका रोहितलाई बुधबारको खेलमा उक्त कीर्तिमानलाई पछाडि छोड्ने अवसर हुनेछ ।

याे पनि पढ्नुस  राेहित शर्मा नयाँ रेकर्ड नजिक, भोलि हुँदैछ छिनोफानो

अलराउण्डर युवराज सिंहले ३०४ खेलहरूबाट ८७०१ रन जोडेका छन्, रोहितले २१७ खेलमा २१० पारीमा ब्याटिङ गर्दै ८६७६ रन बनाएका छन् । शर्माले २६ रन बनाएमात्रै उनले युवराजलाई उछिन्ने छन् ।

रोहित शर्माले ओपनर ब्याट्सम्यानको रूपमा थुप्रै रेकर्ड बनेका छन् । एकदिवसीय क्रिकेटमा तीन वटा दोहोरो शतक लगाउने उनी एक मात्र खेलाडी हुन् ।

याे पनि पढ्नुस  विश्वकपः श्रीलंकाविरुद्ध पनि रोहित शर्माको अर्धशतक

युवराजलाई भारतीय प्रशंसकहरूले ‘सिक्सर किङ्’ भन्ने गर्दछन् । उनले २००७ को टी-ट्वेन्टी विश्वकपमा इङ्ल्याण्डविरुद्ध स्टुअर्ट ब्रोडको ओभरमा छ बलमा छ छक्का प्रहार गरेर रेकर्ड बनाएका थिए ।

कमेन्ट गर्नुहोस्