‘सोच’को ट्रेलरमा पुजनको एक्शन, निता र प्रज्वलको प्रेम

काठमाडौं । एक्शन–लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ ।

भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, निता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्दको सेरोफेरो देखिन्छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनिकगरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामागंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई विदूर पाण्डेले खिचेका हुन् ।

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको फिल्ममा एनबी महर्जनको द्वन्द, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउँछन् । ‘सोच’लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: