वरिष्ठ गायक दीप श्रेष्ठको ‘छोरी’ सार्वजनिक [भिडियो]

काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपालका मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ुुछोरीुु को म्युजिक भिडियो सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन्।

भिडियोमा उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ। भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो।

कमेन्ट गर्नुहोस्