पोखराका वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी गर्ने थापा १४ महिनापछि पक्राऊ

पोखरा, पोखरा महानगरपालिकाका बिभिन्न वडामा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाका ११ वटा बिभिन्न वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने किशोर थापा पक्राउ परेका हुन ।
काठमाडौं १० घर भई ोखरामा डेरा लिएर बसेका ५१ वर्षे थापाले गत वर्षै जेठ ३ गते पहिलोपटक वडढा नम्बर १२ को कार्यालयमा चोरी गरेका थिए ।

त्यसपछि उनले पालैपालो अन्य वडामा समेत चोरी गरेका थिए । यसअघि पनि उनी २ पटक डाकाचोरी मुद्दामा जेल परेर छुटेको रेकर्ड रहेको जानकारी कार्कीले दिए। ‘२०४६ देखि ५१ सालसम्म केन्द्रीय कारागारमा थुनिएका रहेछन्’, उनले भने, ‘२०७१ सालदेखि ७४ सम्म पनि थापा जेलमै थिए।’
वडा नम्बर ५, १३, १४, १९, १५, १६, २५, २९ र ३१ का कार्यालयहरूमा पनि थापाले ल्यापटप लगायत सामान चोरेका थिए। एसपी कार्कीका अनुसार थापाले चोरी स्वीकारिसकेका छन्। अरु वडा कार्यालयहरूका सीसीटीभी फुटेजमा समेत देखिए पनि थापालाई पक्रन प्रहरीलाई १४ महिना लागेको छ। प्रहरी सबै वडाको चोर एकै व्यक्ति भएको निष्कर्षमा भने पहिल्यै पुगेको थियो।

थापाको डेराबाट प्रहरीले चोरी गर्न प्रयोग हुने सामानहरू बदामद गरेको छ। पञ्जा, मास्क, स्क्रु ड्राइभर, टोपी, ल्यापटप चार्जर, छड, ताला काट्ने धारिलो वस्तु लगायत सामान बरामद भएको छ। चोरी गरेका विद्युतीय उपकरण भने उनको कोठामा थिएनन्।

चोर्नासाथ काठमाडौं लगेर थापाले बेच्ने गरेको स्वीकारेका छन्। थापाकै बयानअनुसार प्रहरीले बिक्री भइसकेको ठाउँबाट ३ थान ल्यापटप लगायत सामान पनि काठमाडौंबाट बरामद गरेको छ। १७ वटा मनिटर, ९ वटा सीपीयू पनि प्रहरीले बरामद गरेको छ।

तस्वीरः अन्नपूर्ण पोष्ट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: