चुनौतीः गणितको यो प्रश्न हल गर्न सक्नुहुन्छ ?

काठमाडौं, यहाँ गणितको एउटा प्रश्न दिइएको छ । यो प्रश्न जति सजिलो देखिन्छ त्यति नै यसको उत्तर निकाल्न अप्रोठ्याराे छ । प्रश्न पढेर यसको यसको उत्तर दिन सक्नुभयो भने तपाई साँच्चिकै जिनियस हुनुहुनेछ ।

प्रश्न पढ्नुस
एकजना मान्छे आफ्ना तीन जना बहिनीलाई भेटन भनेर घरबाट केही पैसा समेत बोकी निस्कियो ।

सबैभन्दा पहिला ऊ जेठी दिदीकोमा गयो ।

जेठी दिदीको ऊ नुहाउन बाथरुम पस्यो । त्यही बेला उसकी जेठी दिदीले उसको खल्ती हेरी । दिदीले भाईलाई निकै माया गर्ने रहेछ ।

त्यसैले त्यहाँ जति पैसा थियो, त्यत्तिकै पैसा दिदीले पनि आफ्नो तर्फबाट थपेर उसको पर्समा राखिदिइन ।

अर्कोदिन बहिनीको बाट बिदा लिँदा फेरी दिदीले भाईलाई दुई हजार रुपैयाँ दिइन ।

अर्को दिन भाई माइली दिदीको घर गयो ।

त्यहाँ पनि ऊ नुहाउन जाने बित्तिकै माईली दिदीले पनि उसको गोजी हेरिन । अनि जेठी दिदी जस्तै जति रकम थियो त्यत्तिकै आफ्नो तर्फबाट समेत थपेर पर्समा राखिदिइन ।

भाई फर्किने बेला फेरी माइली दिदीले पनि २ हजार रुपैयाँ भाईलाई दिइन ।

त्यसपछि भाई कान्छी दिदीकोमा गयो । त्यहाँ पनि कान्छी दिदीले उसको पर्समा जति थियो त्यत्तिकै रकम थपिन । अनि फर्किंदा अरु जस्तै दुई हजार रुपैयाँ दिइन ।

भाई घर पुग्यो । अनि पर्स निकालेर हेर्दा त निकै पैसा देख्यो । उसले पैसा गन्दा उसको पर्समा ५ हजार रुपैया ँबचेको थियो ।

अब प्रश्न छ ः

तीन जना दिदीलाई भेटन घरबाट निस्किदा भाईको पर्समा कति रुपैयाँ थियो होला ?

गणितका धुरन्धर पाठकहरु, ल आफ्नो दिमाग लगाउनुस र भन्नुस ।

कसको उत्तर मिल्दो रहेछ त ।
उत्तर तल छ, तर पहिलो तपाईको उत्तर कति आयो त्यो कमेन्ट गर्नुस है
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.

भाईले २३७५ रुपैयाँ लगेर गएको थियो ।

कमेन्ट गर्नुहोस्