बाल मन्दिरको आवरणमा बच्चा बेचबिखन गर्ने डंगोल पक्राऊ

काठमाडौँ — बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा पक्राउ परेका छन् । कान्तिपुर दैनिकका अनुसार, केही दिनअघि नै प्रहरीले डंगोललाई पक्राउ गरेको हो । बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ ।

स्रोतका अनुसार केही दिनअघि बच्चा लिएर बेलायत उड्न लागेकी स्मिथलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो । स्मिथले एक गर्भपतन केन्द्रमा जन्मिएका बालिकालाई बाल मन्दिरका निर्देशक डंगोलले किनेर धर्मपुत्रीका रुपमा आफ्नो देश लैजान सघाएको बयान दिएलगत्तै प्रहरीले डंगोललाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: