पुडासैनीले आँसुले भिजेर रेकर्ड गरेको भिडियो सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौंः  पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो बाहिर आएको छ । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिँदै माफी मागेका छन् ।

उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ । यस्तै, पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे समेत भिडियोमा उल्लेख छ ।

यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् । लामिछानेको यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ ।

सिधा कुरा जनतासँग कार्यक्रम युनिटले के कसरी पैसा असुल्छ र रवि लामिछानेको सक्कली रुप के हो भन्नेबारे बिस्तारै खुल्दै जाने समेत उनले बताएका छन् ।

उक्त एक्स्क्लुसिभ भिडियो प्रहरी वा अन्य निकायलाई अनुसन्धानका लागि उपलब्ध गराउन तयार रहेको नेपाल आज प्रतिबद्धता व्यक्त गर्दछ । केही व्यक्तिगत कुरासमेत भिडियोमा भएकाले केही भाग गोप्य राखिएको छ । शब्द–भिडियो नेपालआजट डट.कमबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: