पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

काठमाडौंः भारत विरुद्धको एकदिवसीय सिरिजको अन्तिम एवं तेस्रो खेलमा वेस्ट इन्डिजले विष्फोटक ब्याटिङ गरेको छ । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले १० ओभरमा
बिनाविकेट ११४ रन बनाएको छ ।

१० ओभरको खेललमा वेस्ट इन्डिजका क्रिस गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ३३ बलमा ६५ र इभन लुईसले ३ छक्का ५ चौकाको मद्दतमा २८ बलमा ४३ रन बनाएका छन् । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः वेस्ट इन्डिजले दियो भारतलाई २०८ रनको लक्ष्य

भारतको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा,  खलील अहमद, भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहल ।

वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फाबियन आलेन, किमो पउल र केमार रोच।

कमेन्ट गर्नुहोस्