Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एशियन कृषि समिटद्वारा १५ बुँदे काठमाडौं घोषणा पत्र जारीः एशियाली देशहरुमा कृषि बजार विचौलियाको कब्जामा

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी सकिएको छ । १५ बुँदे काठमाडौं कृषि घोषणापत्र जारी गर्दै समिटको समापन भएको संयोजक लोकराज अवस्थीले जनाएका छन् ।

कार्यक्रममा भारत, चीन, इण्डोनेसिया, बेलायत लगायतका ७ ओटा देशका सहभागीले भाग लिएका थिए। जारी घोषणा पत्रमा कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि उत्पादन तथा कृषि उद्यमशीलता गरी ४ भागमा बाँडेर १५ बुँदामा समेटिएको छ । नेपाल लगायतका एशियान देशहरुमा कृषि शिक्षा व्यवहारिकाभन्दा सैद्धान्तिक बढी भएकाले युवाहरु बेरोजगार बढेको घोषणा पत्रमा उल्लेख छ ।

कृषिलाई आधुनिकीकरण, व्यसायीकरण तथा सम्मानित पेशाको रुपमा अवलम्बन गर्न उचित कार्यक्रम बनाउन सरकारसँग माग गरिएको छ । कृषि उत्पादनसँगै बजारीकरणको समस्या देखिनुमा सरकारहरुले लिएका नीति नै मुख्य जिम्मेवार भएको रहेको जनाइएको छ । सरकारले बनाएका नीति किसान तथा व्यवसायीमैत्री नभएकोले उत्पादनमा कमी र बजारीकरणमा समस्या आएको उल्लेख छ ।

नेपाल लगायतका कम विकसित देशहरुमा कृषि बजार विचौलिया तथा दलालको कब्जामा रहेको उल्लेख छ । तर, सरकारले उचित पहल नगर्दा किसानहरु मारमा परेको जनाइएको छ । नेपाल–भारत लगायतका देशहरुमा कृषिमा हानीकारक विषादी प्रयोगसँगै उपभोक्ताको स्वास्थ्यमा असर बढ्दो भएकाले सरकारलाई उचित कदम चाल्न आह्वान गरिएको छ ।

कृषिमा युवा सहभागितामा बढावा ल्याउनका लागि सरकारले उचित नीति, कार्यक्रम तथा लगानी गर्न सबै सरकारसँग आग्रह गरिएको छ । घोषणापत्रमा कृषि उत्पादन, बजारीकरण र उद्यमशीलतामा लगानी गर्न सरकार, निजी कम्पनी, दातृ निकाय, संयुक्त राष्ट्र संघलगायतका सरोकारवालालाई निकायलाई आह्वान गरेको छ ।

सँगै समिटको अन्तिम दिन कृषि योगा, नेतृत्व विकास लगाएतका कार्यक्रमहरु संचालन भएका थिए । भारत, चीन, बेलायत, इण्डोनेसिया, नेपाललगायतका कृषि उद्यमीहरुले अनुभव आदना प्रदान समेत गरेको थिए । समित एकसय जना कृषक उद्यमीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: