Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको भाऊ बाह्र सय रुपैयाँले बढेको छ ।

बिहीबार सुन प्रतितोला मूल्य ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १२ सयले बढेर सुन प्रतितोला मूल्य ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ७० हजार रुपैयाँ कारोबार भएको थियो भने आज पनि फेरि बढेर सुन प्रतितोला मूल्य ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

बुधबार चाँदीको मूल्य ८ सय २० रुपैयाँ कारोबार भएको थियो भने आजपनि फेरि बढेर चाँदीको मूल्य ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: