वडाध्यक्षबाटै कुटिए सेवाग्राही

सिरहाः सिरहामा नागरिकता लिन वडा कार्यालय पुगेका एक युवकमाथि वडा अध्यक्षले नै कुटपिट गरेका छन् ।

जिल्लाको सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायमाथि सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो।

०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए।

मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए। ‘नागरिकता माग्दा वडा अध्यक्षजीले हरायो भनेपछि विवाद भयो, मनोजले भने।

सोहीबीचमा अध्यक्षजीले ममाथि हात छाड्नुभयो भनोजले भने, ‘मैलेपनि प्रतिवाद गरे।’ त्यसपछि वडा अध्यक्षजीले मान्छे बोलाएर तारले मेरो हात बाँधेर निर्घात कुट्न लगाउनु भयो’ घाइते मनोजले भने।

कमेन्ट गर्नुहोस्