Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज पनि मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट

कालिकोटः नेत्रविक्रम विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि आज पनि बम विस्फोट गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री शाहिलाई लक्षित गरी २ वटा बम विस्फोट गरिएको हो ।

कालिकोटका डिएसपी विनोद शर्माका अनुसार पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउने क्रममा शाहीलाई लक्षित गरि रास्कोट नगरपालिकाको सडक उद्घाटन कार्यक्रमस्थल भन्दा बाहिर विप्लव कार्याकर्ताले बम बिस्फोट गराएका हुन् ।

मुख्यमन्त्रीको गृह जिल्ला भ्रमणको कार्यक्रम लामो भएको र अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी शर्माले बताए । बुधबार पनि पचालझरना गाउँपालिकाको विशेष अधिवेशन उद्घाटन गर्दै गर्दा बम विस्फोट भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: