तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत

हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीत र भिडियोहरु डिजिटल बजारमा छ्यासछ्यास्ती आईरहेका छन् ।

तर, यस्ता अन्य गीतहरु भन्दा बिल्कुलै फरक खालको गीत र भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ । जनगायक जीवन शर्माको आफ्नै युट्युव च्यानल Jeewan Sharma मार्फत परदेशी चेलीको बेदना नामको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायिका निलिमा पुनकै शब्द र संगीत समेत रहेको उक्त गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । वैदेशिक रोजगारका नाममा बिदेशिन बाध्य भएर नेपाली चेलीहरुले भोग्नुपर्ने यातनाको वास्तविकतालाई गीतको अडियो तथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा देश तथा बिदेशका विभिन्न स्थानहरु समेटिएका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्