Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

६० किलो चरेससहित २ जना पक्राउ

मकवानपुरः  मकवानपुरबाट करिब ६० किलो गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–६ का २० वर्षीय भिमसेन मोक्तान र सोहीका २६ बर्षीय रोशन लामा रहेका छन् ।

प्रहरीले उनीहरुलाई मकवानपुरको हेटौंडा बसपार्कबाट बुधबार साँझ पक्राउ गरेको हो । प्रहरीका अनुसार बा५ख १८२५ नम्बरको मिनी ट्रकमा वीरगन्जबाट लुकाई छिपाई ल्याएको सूचनाको आधारमा प्रहरीले हेटौंडा बसपार्कमा खानतलासीका क्रममा पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ५९ किलो ५८० ग्राम गाँजा बरामद गरेको छ ।

त्यस्तै मंगलबारसमेत मकवानपुर प्रहरीले मकवानपुरको नेवारपानीबाट ५३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: