नेपाल एयरलाइन्सको भदौ १२ गतेदेखि जापान उडान पक्का

काठमाडौंः  नेपाल एयरलाइन्सको भदौ १२ गतेदेखि जापानको ओसाकामा हुने उडान पक्का भएको छ। जापानमा रहने एजेन्टको विषयमा भएको कानुनी अड्चन फुकेसँगै जापान उडान पक्का भएको निगमले जनाएको छ।

एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाल वायुसेवा निगमविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको छ। यो आदेशसँगै निगमको ओसाका उडान निश्चित भएको हो।

ओसाका उडान नै रोक्ने हिसाबले हिराचनले सर्वोच्चमा रिट दायर गरेको नेपाल एयरलाइन्सको आरोप छ। तर निगम अन्तरिम आदेशकाविरुद्ध भ्याकेटमा गएपछि सर्वोच्चले हिराचनको रिटमा दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गर्दै निगमको माग सदर गरेको छ। निगमले जापानको ओसाका उडानका लागि टिकट बिक्री गर्नका लागि नेपाल प्रतिनिधिको रुपमा चिनाउँदै आएका हिराचनलाई हटाएर एआईजेलाई दिएको थियो।

याे पनि पढ्नुस  थोरै यात्रु भएपछि नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौंको उडान रद्द

हिराचनले आफूलाई नेपाल प्रतिनिधिबाट हटाउने निर्णयकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले २०७६ साउन ८ मा उहाँलाई जापान प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो। तर निगम भ्याकेटमा गएपछि बुधबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलाशले निगमको माग सदर हुने आदेश दिएको छ।

निगमले ओसाकाको लागि दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ। यस्तै एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

याे पनि पढ्नुस  कोरोनाको नमुना लिन गएको एयरलाइन्सको विमान चिप्लियो

सुरुमा जापान उडानलाई प्रवर्द्धनात्मक बनाउन यो भाडादर निर्धारण भए पनि सेप्टेम्बरपछि भने नयाँ भाडादर लागू हुने एयरलाइन्सले जनाएको छ। निगमले एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाजमार्फत जापान उडान गर्दैछ।

नेपाल एयरलाइन्सले गएको असार १९ गतेदेखि जापानको ओसाकामा हप्ताको २ वटा उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । तर यो पटक पनि उत्साहजनक रुपमा टिकट बिक्री भएका छैनन्। निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ।

याे पनि पढ्नुस  नेपाली लिएर आयो, रित्तै कतार उड्यो नेपाल एयरलाइन्स

ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ। निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो। तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ। १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ।

कमेन्ट गर्नुहोस्