राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३२ करोड नाफा कमायो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाउनुका साथै नाफामा इतिहास रचना गरेको छ । बैंकले गत आवमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । आव २०७५–७६ मा बैंकले ४६ प्रतिशतले नाफा बढाएको हो ।

सबैभन्दा बढी नाफा कमाउने बैंकका रुपमा स्थापित हुँदै आएको राष्ट्रिय वाणिज्य बैंकले नाफामा अत्याधिक छलाङ मारेको छ । बैंकको प्रतिशेयर आम्दानी ५९.१७ रुपैयाँ छ । रयस बैंकले ४.२८ प्रतिशत रहेको खराब कर्जालाई घटाएर २.९० प्रतिशतमा झारेको छ ।

त्यसैगरी अघिल्लो वर्ष ६.२० प्रतिशत रहेको बेसरेट यो वर्ष ५.५० प्रतिशतमा झारेको छ भने अघिल्लो वर्ष ६८.६७ प्रतिशत रहेको सीडी रेसियोलाई बैंकले समीक्षा अवधिमा ७४.०८ प्रतिशत पुर्याएको छ ।

कमेन्ट गर्नुहोस्