भारतीय नेपालीभाषी साहित्यकार सुन्दासको निधन

काठमाडौंः  भारतेली नेपाली साहित्यकी वरिष्ठ साहित्यकार डा. लक्खीदेवी सुन्दासको निधन भएको छ। उनको आज ८५ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि अस्वस्थ रहेकी सुन्दास पछिल्लो २ अगस्तदेखि सिलगढीस्थित किन्स अस्पतालमा उपचारत थिइन्।

साहित्यकार सुन्दासका छोरा योगेन्द्रराज सुन्दासले दिएको जानकारीअनुसार उनको अपराह्न १२ः३८ बजे उनको निधन भएको हो। लामो समयसम्म अध्यापन पेशामा संलग्न रहेकी सुन्दास आफ्ना विद्वतापूर्ण लेखहरूले चिनिन्छन्।

२००१ मा ‘आहत अनुभूति’ कथा संग्रहका लागि साहित्य पुरस्कारले सम्मानित उनका ‘आहत अनुभूति’ (१९९८), सम्भावित अर्थ समर्पित एकान्त’ कविता संग्रह (२०००) र ‘समय समीक्षण’ समालोचना संग्रह (२००८) प्रकाशित छन्।

यी बाहेक उनका अन्य करिब एक दर्जन सम्पादन र अनुवादका कृति प्रकाशित छन्। सुन्दासको जन्म २७ मार्च १९३४ कोलकातामा भएको थियो।

कमेन्ट गर्नुहोस्