विप्लवका कार्यकर्ताले दले वडाध्यक्षलाई कालोमोसो

बेनी । नेत्र विक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई बिहीबार कार्यकक्षमै दुर्व्यवहार गरेका छन् ।

विप्लव समूहका कार्यकर्ताले आज दिउँसो थापाको अनुहारमा कालो मोसो दलेर चप्पलको माला लगाएका हुन्।

भष्ट्राचार, राजस्व संकलनमा विभेद, बजेट वितरणमा मनोमानीलगायतका पदको दुरुपयोग हुने किसिमका गतिविधि गरेकाले ‘जनकारबाही’ गरिएको विप्लव नेतृत्वको नेकपा म्याग्दीले जनाएको छ ।

याे पनि पढ्नुस  म्याग्दीमा जिप दुर्घटना, इञ्जिनियरसहित ४ जना घाइते

विहान १० बजे कार्यालय पुगेलगत्तै वडाध्यक्षको कार्यकक्षमा प्रवेश गरेका ४ जना अपरिचित पुरुषको समूहले दुर्व्यवहार गरेका थिए। दुर्व्यवहार हुदाँ कार्यालयमा वडा अध्यक्ष थापा र कार्यालय सहयोगी मात्र थिए।

उनीहरुले वडाध्यक्ष थापाको साथमा रहेको मोबाइलसमेत लुटेर लगेका छन्। म्याग्दीका प्रजिअ ज्ञानराज ढकालले दुर्व्यवहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताए।

याे पनि पढ्नुस  म्याग्दीमा जिप दुर्घटना, इञ्जिनियरसहित ४ जना घाइते

कमेन्ट गर्नुहोस्