विराटले बनाए नयाँ कीर्तिमान, तोडियो रिकी पोन्टिङको रेकर्ड

काठमाडौंः  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्को नयाँ कीर्तिमान बनाएका छन् । उनले १० वर्षमा २० हजार अन्तर्राष्ट्रिय रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् ।

एक दशक अर्थात १० वर्षमा २० हजार अन्तर्राष्ट्रिय रन बनाएर कोहली पहिलो ब्याट्सम्यान बनेका हुन् ।

याे पनि पढ्नुस  विराटले रचे इतिहास, तोडियो धोनीको कीर्तिमान

कप्तान कोहलीले वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा यो उपलब्धि हासिल गरे । उनले बुधबार राति शतक बनाएसँगै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि अस्ट्रेलियाका रिकी पोन्टिङ एक दशकमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी थिए । उनले २००० को दशकमा १८ हजार ९६२ रन बनाएका थिए।

याे पनि पढ्नुस  आइसीसी टेस्ट वरियताः विराटलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिए स्मिथ

विराटले सन् २००९ देखि २०१९ सम्ममा २० हजार अन्तर्राष्ट्रिय रन बनाएर इतिहास रचे । उनले बुधबार ११४ रन बनाएका थिए। भारतले वेस्ट इन्डिजविरुद्धको वान डे सिरिज पनि ‘क्लिन स्विप’ गरेको छ ।

कमेन्ट गर्नुहोस्