प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि गडबडी, सचिवालय बैठक स्थगित

काठमाडौंः  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि गडबडी आएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार ३ बजे तोकिएको सचिवालय बैठक स्थगित भएको छ।

दिउँसो तीन बजेका लागि निर्धारित बैठकका लागि पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरु बालुवाटार पुगेर कुरेको झण्डै डेढ घण्टापछि प्रधानमन्त्रीको स्वास्थ्यको प्रतिकूलताका कारण बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली भेटे अनसनरत युवाहरूलाई

नेकपाको स्थगित सचिवालय बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी स्थिगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ओलीले भर्खरै मात्र सिंगापुरमा ९ दिन सम्म उपचार गरेर आफू निको भएको दाबी गरे पनि उनको अस्वस्थताका कारण देखाउँदै बैठक फेरि स्थगित हुन पुगेको छ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

कमेन्ट गर्नुहोस्