जहाजमा चरा ठोक्किँएपछि मकैबारीमा अवतरण, पाइलटले जोगाए २२३ यात्रुको ज्यान

मस्को । रूसको मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्।

मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो।

चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो।

प्लेन उड्नेबित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले बताए। जहाजभित्रका बत्तिहरू निभेपछि यात्रुहरू आत्तिन थालेका थिए।

याे पनि पढ्नुस  आकाशमै बच्चा जन्मिएपछि विमानलाई आकस्मिक अवतरण!

तर चालकले निकै संयमताका साथ जहाजलाई मकैबारीमा आपतकालीन अवतरण गराए।

युराल एयरलायन्सको उक्त जहाजमा २२६ यात्रु र सात जना चालक दलका सदस्य थिए।

विमानस्थलदेखि झन्डै १ किलोमिटर टाढाको मकैबारीमा जहाज सुरक्षित अवतरण भएको छ। उक्त घटनामा २३ यात्रु घाइते भएको रूसी अधिकारीले जनाएका छन्।

याे पनि पढ्नुस  रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा ५ को मृत्यु

जहाजबाट सबै यात्रुलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पताल लगिएको थियो।

घाइतेमध्ये ५ जना बालबालिका रहेको रूसी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

युराल एयरलायन्सले जहाजका पाइलट निकै अनुभवी भएकाले सफल अवतरण गर्न सकिएको जनाएको छ। नाम नखुलाइएका ती पाइलटले तीन हजार घन्टा उडान भरिसकेका छन्।

याे पनि पढ्नुस  ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

कमेन्ट गर्नुहोस्