नुहाउन गएका शिक्षक ९ दिनदेखि वेपत्ता

स्याङ्जा । आमाको श्राद्धको अघिल्लो दिन नुहाउन हिँडेका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी कुलानन्द पाण्डे ९ दिनदेखि वेपत्ता भएका छन्। वडा अध्यक्ष चक्रपाणी पाण्डेका अनुसार ५२ वर्षीय कुलानन्द पाण्डे साउन २२ गतेदेखि बेपत्ता भएका हुन् ।

आमाको श्राद्ध तिथीको अघिल्लो दिन एकछाकी बस्ने भन्दै पाण्डे घरनजिकै रहेको कालीगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए। बिहानै नुहाउन गएका पाण्डे साँझसम्म घर नफर्केपछि परिवार सहित स्थानीयले खोजी सुरु गरे। खोजीकार्य भए पनि उनलाई हालसम्म फेला पार्न सकिएको छैन।

याे पनि पढ्नुस  अपडेट: स्याङ्जा दुर्घटनामा मृृृृतककाे संख्या ३ पुग्याे, तीज मनाएर फर्किंदै थिए महिलाहरु

उनले लगाएको कपडा, चप्पल र शुद्ध जल ल्याउनका लागि लगिएको बोतल भने अरुवाघाट किनारमा रहेको ढुंगामाथी फेला परेको छ। स्थानीय र प्रहरी टोलीले खोजी कार्य जारी छ। पोखराबाट झिकाइएको शसस्त्र प्रहरीको गोताखोर टोलीले समेत खोजीरहेको बिर्घा प्रहरी चौकी प्रमुख खड्ग मल्लले जानकारी दिए।

याे पनि पढ्नुस  अपडेट: स्याङ्जा दुर्घटनामा मृृृृतककाे संख्या ३ पुग्याे, तीज मनाएर फर्किंदै थिए महिलाहरु

गोताखोरको टोलीले अरुवाघाटदेखि रिडी, रानिघाट हुँदै बारीचौरसम्मको कालीगण्डकी नदिमा खोजेको छ। पाण्डे स्थानीय जनता आधारभूत विद्यालयका स्थायी शिक्षक हुन्।

कमेन्ट गर्नुहोस्