जंगलमा शिविर बनाएर जुवा खेल्ने ८ जना प्रहरीको फन्दामा

गोरखा । प्रहरीले पालुङ्टार नगरपालिका–५ को जंगलबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले जंगलमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट नगदसमेत बरामद गरेको छ।

याे पनि पढ्नुस  सरकारी कार्यालयको मोटरसाइकल सिक्न प्रयोग

‘जङ्गलमा घुम्ती शिविर बनाएर जुवा खेल्छन् भन्ने सूचनाको आधारमा ब्यूरो र हाम्रो संयुक्त टोलीले सर्च गर्दा जुवाडे पक्राउ परेका हुन्’, इप्रका ठाँटिपोखरीका प्रहरी निरीक्षक सीताप्रसाद चौधरीले भने, ‘उनीहरुको साथबाट तीन लाख ८७ हजार दुई सय ५० रुपैयाँ बराम गरेका छौं।’

याे पनि पढ्नुस  दिलबहादुर घर्ती बचाउ अभियानको बचत रकम ७ लाख साउदी जेलमा रहेका कुमार रानालाई सहयोग

पक्राउ परेकामध्ये गोरखा, तनहूँ र लम्जुङका पेशेवार जुवाडे रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्