Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः कोलकाताको मुख्य प्रशिक्षकमा ब्रेण्डम म्याकलम नियुक्त

काठमाडौंः  कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो सिजनका लागि न्यूजिल्याण्ड क्रिकेट टिमका पूर्वकप्तान ब्रेण्डम म्याक्लमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनलाई ज्याक कलिसको स्थानमा प्रशिक्षकमा नियुक्त गरिको हो ।

म्याकलमले आइपीएलको पहिलो संस्करणदेखि सन् २०१० सम्म केकेआरबाट खेलेका थिए । यस्तै उनी २०१२–१३ को सिजनमा पनि केकेआरमै जोडिएका थिए । म्याक्लम रहँदा २०१२ को संस्करण कोलकाताले जित्न सफल भएको थियो ।

रोचक कुरा त के छ भने म्याक्लमले पहिलो सिजनको डेब्यू खेलमै उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध १५८ रनको शानदार प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: