शालिकराम आत्महत्या प्रकरणः रवि लामिछाने पक्राउ

काठमाडौंः  सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछाने पक्राउ परेका हुन्। लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
प्रमाणित भए दफा १८७ अन्तर्गत रविलाई कार्वाही हुनसक्ने, के छ कानुनमा व्यवस्था?

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा शालिकरामले पत्रकार लामिछानेसहित कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो बनाएर आत्महत्या गरेका थिए । उनको भिडियो नेपाल आजले बुधबार सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्