चीनको आग्रहमा भोलि कश्मिरबारे सुरक्षा परिषद्को बन्दसत्रमा छलफल हुने, भारत थप समस्यामा

काठमाडौं । पाकिस्तानले जम्मु र कश्मिरबारे भारतीय सरकारले गरेकाे निर्णयविरुद्ध सुरक्षा परिषदमा छलफल गर्न राखेकाे प्रस्तावमा छलफल हुने भएकाे छ ।

हिन्दुस्तान टाईम्समा प्रकाशित रिपोर्ट अनुसार, पाकिस्तानकाे प्रस्तावमा बन्दसत्र बाेलाएर छलफल गर्न चीनले आग्रह गरेपछि सुरक्षा परिषदमा सम्भवतः भाेलि छलफल हुने भएकाे हाे ।

संयुक्त राष्ट्र संघका एकजना कुटनीतिज्ञलाई उद्धृत गर्दै समाचारमा उल्लेख भए अनुसार पाकिस्तानले यसअघि नै प्रस्ताव दर्ता गराईसकेकाे थियाे ।

याेसँगै चीनले समेत भारत-पाकिस्तानकाे प्रश्नमा बन्द छलफल गर्न आग्रह गरेकाे हाे । बन्द छलफलमा सुरक्षा परिषदका सदस्य राष्ट्रका प्रतिनिधिबीच मात्र छलफल हुने गर्दछ ।

अगस्तमा सुरक्षा परिषदकाे सभापति पाेल्याण्डले गर्ने तालिका छ । याे विषयमा छलफलका लागि मिति र समय निर्धारण गर्न परिषदका अन्य सदस्यसँग परामर्श गर्ने बताईएकाे छ । सम्भवतः शुक्रबार बिहान बैठक बस्न सक्छ ।

कमेन्ट गर्नुहोस्