Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

Breaking: लाईन अफ कन्ट्राेलमा फायरिङ, ५ भारतीय र ३ पाकिस्तानी सैनिककाे मृत्यु

ईस्लामाबाद । जम्मु र कश्मीरकाे लाईन अफ कन्ट्राेल क्षेत्रमा भारत र पाकिस्तानबीच गाेलिबारी शुरु भएकाे छ ।

भारतीय सुरक्षा बलले फायरिङ गर्दा तीन जना पाकिस्तानी सैनिक मारिएका छन् । भारतर्फ भने झन ठूलाे क्षति भएकाे खबर छ ।

पाकिस्तानी सेनाकाे ईन्टर-सर्भिस पब्लिक रिलेसन्सका निर्देशक जनरल मेजर आसिफ गफूरले ट्वटमार्फत पाकिस्तानि सेना मारिएकाे बताएका हुन ।

उक्त निकायकाे आधिकारिक ट्विटमा लेख्दै गफुरले भारतीय सेनाकाे आक्रमणमा तीन जना पाकिस्तानी सैनिकले शहादत प्राप्त गरेकाे उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्
चीनको आग्रहमा भोलि कश्मिरबारे सुरक्षा परिषद्को बन्दसत्रमा छलफल हुने, भारत थप समस्यामा

भारतीय सेनाकाे आक्रमणकाे प्रतयाक्रमण गर्दा ५ जना भारतीय सैनिककाे मृत्यु भएकाे समेत उनले जनाएका छन् । गाेलिबारि जारि रहेकाे ट्विटमा उल्लेख छ ।

ट्विटमा भनिएकाे छ:

✔@OfficialDGISPR

In efforts to divert attention from precarious situation in IOJ&K,Indian Army increases firing along LOC.
3 Pakistani soldiers embraced shahadat. Pakistan Army responded effectively. 5 Indian soldiers killed, many injured, bunkers damaged. Intermittent exchange of fire continues.

भारतीय स्वतन्त्रता दिवस अगस्त १४ का दिन भारतीय सेनाले आक्रमण बढाएकाे उनकाे भनाई छ । भारतका तर्फबाट भने याे विषयमा कुनै प्रतिक्रिया सार्वजनिक भएकाे छैन ।

भारतले जम्मु कश्मिरकाे विशेष राज्यकाे दर्जा खाेसेपछि पाकिस्तानले आपत्ती जनाएकाे थियाे । यहि विषयमा सम्भवतः भाेलि सुरक्षा परिषदकाे बैठकमा छलफल हुने भएकाे छ । कुनैपनि इण्डियन साईटमा छैन । पाकिस्तानी अनलाइनकाे सहयोगमा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: