Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एसइई पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर । एसइई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरिएकाे छ छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

पनिकाले यसअघि एसइई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ ।
नतिजा पुनर्याेगका लागि ७८५० जनाले निवेदन दिएका थिए । त्यसमा सबैभन्दा यसपटक गणित विषयमा निवेदन परेकाे थियाे । निवेदन दिएका मध्ये करिव १० प्रतिशतकाे नतिजा सच्याइएकाे हाे ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले केही प्राविधिक त्रुटीका कारण यस्तो हुन गएको जानकारी दिए । पनिकाले पहिलो चरणमा १०७ जना र दोस्रो चरणमा ५७७ जनाको ग्रेड बृद्धि गरेको सूचना जारी गरेको छ । ग्रेड वृद्धि भएका सिम्वोल नम्बर हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: