प्रहरी र कर्मचारीसँग रक्षाबन्धन

भद्रपुर ।  झापाका मारवाडी समुदायका महिलाहरूले राष्ट्र सेवक कर्मचारीसँग रक्षा बन्धन मनाएका छन्।

बिहीबार हिन्दु धर्मावलम्बीको रक्षा बन्धन अर्थात् जनपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आबद्ध महिलाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको नाडीमा राखी बाँधेर उनीहरूसँग रक्षा बन्धन मनाएका हुन्।

याे पनि पढ्नुस  लिङ्ग काटेर जलाएर विभत्स हत्या

भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निक्की साहेवालाको नेतृत्वमा गएका महिलाहरूको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित वडामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई राखी बाँधेका थिए।

त्यस्तै महिलाहरूले सशस्त्र प्रहरी बल नेपाल गण हेकुवा झापा नम्बर २ गणले खटाएका भद्रपुरका सीमा क्षेत्रमा तैनाथ सम्पूर्ण सशस्त्र प्रहरी र भद्रपुर भन्सार कार्यालयका कर्मचारीलाई पनि राखी बाँधेका थिए।

याे पनि पढ्नुस  कोरोना राहत बुझ्नेकै घर मालिकसँग भेटियो २५ लाख

साथै उनीहरूले वडा कार्यालयमा रहेका थुनुवा र झापा कारागारका कैदीबन्दीलाई समेत राखी बाँधेको बताइएको छ।

रक्षा बन्धन कार्यक्रम पश्चात् राष्ट्र सेवक कर्मचारीले मारवाडी महिलाहरूलाई दक्षिणा दिन खोजेका थिए। तर, नगद दक्षिणाभन्दा पनि महिलाहरूले बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरण गरिदिन आग्रह गरेका थिए।

कमेन्ट गर्नुहोस्