Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्रिकेट बलले लागेर अम्पायरको मृत्यु

एजेन्सीः क्रिकेट खेल चलिरहेका बेला बलले टाउकोमा लागेर एकजना क्रिकेट अम्पायरको ज्यान गएको छ । क्रिकेट बलले लागेर अनुभवी अम्पायर विलियम्स वेल्सको ज्यान गएको हो ।

८० वर्षीय विलियम्स पेम्ब्रोकसायर काउन्टी डिभिजन–२ खेलमा अम्पायरको भूमिका निर्वाह गरिरहेका थिए । त्यसक्रममा उनको टाउकोमा क्रिकेट बलले लागेको थियो ।

बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लगिएको थियो। विलियम्सलाई त्यहाँ कोमामा राखिएको थियो।

अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता पछि उनको निधन हुन पुग्यो। विलियम्स वेल्सको हेन्डेल्टन क्रिकेट क्लबका सेक्रेटरी पनि थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: