Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हेटौँडामा बस दुघर्टना हुँदा एकको मृत्यु, १५ जना घाइते

हेटौँडाः पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१९ स्थित दारिमटार नजिकै बस दुर्घटना भएको छ ।

दुर्घटनामा परी एकको मृत्यु हुनुका साथै १५ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी मुत्यु हुनेको सर्लाही जिल्ला रामपुर बोहरवा गाउँपालिका–५ का मुकेश शर्मा रहेका छन् । ५८ वर्षीय शर्माको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँबाट रौतहटको गौरका लागि जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान २ः ३० बजे दुर्घटना भएको थियो । बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइतेमा आठ जना सामान्य उपचारपछि गन्तब्यतर्फ लागेका छन् । ४ जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने तीन जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट १४ किलोमिटर पश्चिममा भएको दुर्घटना भएको बसका चालम सम्पर्कमा नरहेको प्रहरीले जनाएकको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: