आजको मौसमः कतै चट्याङ, कतै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शाखाका अनुसार यतिबेला देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने केही स्थानमा वर्षासमेत भइरहेको छ।

आज दिउँसो देशका केही स्थानमा मेघगर्जनरचट्याङसहितको हल्कादेखि मध्यमसम्म वर्षा हुने र एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

यसैगरी राति पनि वर्षा जारी रहने र पूर्वी तथा मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन्।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली रहेको र उत्तरतर्फ डाँडापाखामा हल्का वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। अहिले यो बिस्तारै कम हुँदै गएको छ तर पुनः अपराह्नपछि मौसम बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने उनको भनाइ छ। ‘तर काठमाडौं उपत्यकामा आज भारी वर्षाको सम्भावना छैन,’

याे पनि पढ्नुस  आजको मौसम: देशको अधिकांश स्थानमा वर्षा, केही स्थानमा चट्याङको सम्भावना

उनका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागमा औसत स्थानभन्दा उत्तरतर्फ रहको छ भने बाँकी भू(भागमा औसत स्थानमा छ।
यसैकारण आज पूर्वी र मध्य क्षेत्रमा पूर्णतया बदली रहनेछ।

मौसम महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण ३१ गते शुक्रबार
दिउँसोः देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जनरचट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

याे पनि पढ्नुस  न्यून चापीय रेखा नेपाल तर्फ बढ्दै, भारी बर्षाको सम्भावना

राति स् देशभरी सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण ३२ गते शनिबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

याे पनि पढ्नुस  आजको मौसम: देशको अधिकांश स्थानमा वर्षा, केही स्थानमा चट्याङको सम्भावना

राति स् देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते आइतबार
दिउँसोःदेशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्वी र मध्यका भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

कमेन्ट गर्नुहोस्