रवि लामिछानेसहित तीनै जनालाई आज अदालत पेस गरिने

काठमाडौंः  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन पुर्‍याइएको छ।

बिहीबार पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई कडा सुरक्षाबीच मध्यराति चितवन जिल्ला प्रहरी कार्यालय पुर्याइएको हो। उनीहरूलाई आजै चितवन जिल्ला अदालत पेस गरिने चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोबाइलमा खिचिएको भिडियोको फरेन्सिक रिपोर्ट आएको छ। चितवनका एसपी दानबहादुर मल्लले भने, ‘पोस्टमार्टम रिपोर्ट पनि आउँछ।’ रवि लामिछानेका कानून व्यवसायी र परिवारका सदस्य पनि चितवन पुगेका छन्।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अन्य थनुवालाई सरह राखिएको छ । पत्रकार पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्