शिक्षक सरुवा गर्ने भन्दै ६५ हजार घुस लिने प्रअ र अध्यक्ष पक्राउ

परासी । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन्।

अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन्। अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीले लिए ‘रिचार्ज कार्ड’ घुस, सजायको माग आरोपपत्र दायर

कमेन्ट गर्नुहोस्