Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रियालिटी शो ‘हिरो नेपाल’बाट हिरो नेपाल बन्ने

ललितपुर । एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रालिको आयोजनामा हिरो नेपाल हुने भएको छ । हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन । आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सबैलाई चकित बनाउने प्रतिभावान नै हिरो नेपाल हो ।

स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको त्यो लुकेको प्रतिभालाई नै उजागर गर्ने उदेश्यले आयोजना हुन गइरहेको एकमात्र टेलिभिजन रियालिटी–शो कार्यक्रमको नाम ‘हिरो नेपाल’ हो । ‘हिरो नेपाल’मा आएर जुनसुकै उमेर समूहका क्षमतावान् प्रतिभाशाली व्यक्तिहरुले प्रतिभा प्रदर्शन गर्न पाइन्छ।

यस ‘हिरो नेपाल’मा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई पनि प्रस्तुत गरेर प्रवद्र्धन गर्न सकिन्छ । आउने नयाँ पिढीलाई सिक्ने माध्यमको रुपमा पनि ‘हिरो नेपाल’ हुने छ । यो राष्ट्रको गौरब तथा शानको रुपमा प्रस्तुत हुने जानकारी गराउन चाहन्छु । त्यो प्रतिभा प्रदर्शनलाई टेलिभिजन तथा युट्युबको माध्यमवाट विश्वमा उजागार गर्ने प्रमुख उदेश्य रहेको जानकारी आयोजक एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा।लि।की प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले दिएकी छन् ।

कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, यस हिरो नेपालमा एकल, जोडी तथा समूह आएर भाग लिन पाउने प्रावधान राखेको छ । ती प्रतिभावानहरुको प्रतिभाको नेपालका ख्याति प्राप्त १२ जना निर्णायकहरुले जजिङ गरिने छ । त्यसको ‘अलावा भोटिङ पनि हुने छ। त्यसरी जजिङ र भोटिङबाट प्रथम हुनेलाई नगद १० लाख, द्वितीयलाई ८ लाख र तेश्रो हुनेलाई नगद ६ लाख पुरस्कार प्रदान गरिने छ । टप टेनमा पर्नेहरुलाई आकर्षक बिग गिफ्ट ह्याम्पायर प्रदान गरिने छ।

३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रमोसनल सुटिङ भइसकेको छ । अबको दुई महिनापछि कार्तिकबाट अडिसन कार्यक्रम शुभारम्भ हुने भएको छ । अडिसन काठमाडौंको अलावा विराटनगर, वीरगञ्ज, हेटौडा, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज लगायतका १२ स्थानमा अडिसन हुने भएको छ ।

अडिसनमा भाग लिन आयोजकको आधिकारिक वेबसाइट  www.heronepal.com लगअन गरेर अप्लाई गर्न सकिन्छ । रजिष्ट्रेशनको लागि हिरो नेपालको एप डाउनलोड गरेर गर्न मिल्ने गरेर बनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: