नेकपाको सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

काठमाडौं । दिउँसो तीन बजे बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक केहिबेरमा बस्ने भएको छ ।

११ बजे बालुवाटारमा बस्ने बैठकले कार्यविभाजनका बाँकी काम टुङ्गाउनेबारे छलफल गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए । बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक शुक्रबार ३ बजेका लागि सारिएको थियो ।

याे पनि पढ्नुस  ‘एनसेल प्रकरणमा सर्वोच्चको आदेश बेठिक, अर्बौको घोटाला भयो’

तर, तीन बजेको बैठक सरेर अहिले ११ बजे बस्ने भएको हो । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । नेकपामा स्कूल विभाग कसले लिने भन्ने कुरामा विवाद कायमै छ ।

सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् । स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।

याे पनि पढ्नुस  नेकपा कार्यकर्ताकाे आक्रमणबाट कांग्रेस बाँके सभापतिको हात भाँचियो

कमेन्ट गर्नुहोस्