रिहाइको माग गर्दै रवि लामिछानेका समर्थकद्धारा प्रदर्शन

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेको रवि लामिछानेको रिहाईको माग गर्दै उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । बाक्लो संख्यामा उपस्थित समर्थकहरुले रिहाईको मागसहित नाराबाजी जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका हुन ।

लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले राजधानी काठमाडौंबाट गएराती चितवन ल्याएको थियो । अहिले तीनैजनालाई म्याद थपका लागि अदालत लग्ने जानकारी प्रहरीले दिएको छ ।  तस्विरः नारायणी अनलाइनबाट

कमेन्ट गर्नुहोस्